शनिबार, श्रावण ३० गते २०८३
images

कसरी रात्री, शिवरात्री र महाशिवरात्री ?


  • 6.2K
    SHARES
  • फाल्गुण १७, २०७८ मंगलबार

    कालरात्री, महारात्री, मोहरात्री र शुभरात्री यी चार रात्री हिन्दू धर्मावलम्वीहरुका लागी निकै महत्वपुर्ण पर्वकोरुपमा  रहेको छ  । कालरात्री दशैको महाअष्टमीको राती अथवा आश्विन शुक्ल अष्टमीका रात नवदुर्गामाताको भब्य पूजा आरधना गरी नवाक्षरी मंत्रको जप दशाँश हवन आदि एकै रातमा सक्ने गरी गरिने हुनाले कलरात्रीको निकैनै रहेको छ । 


    मोहरात्री भाद्रकृष्ण अष्ठमीको रातलाई शास्त्रमा मोहरात्रीको नामाकरण गरीएको छ । भक्तजनहरुले श्रीकृष्णाष्टमी अथवा श्रीकृष्ण अष्टमी पनि भन्ने गर्दछन् । यसै रात मथुरामा कंशको कारागारमा माता देवकीको गर्भवाट भगवान श्रीकृष्णको जन्म भएको थियो । श्रीकृष्ण सानै देखी मनमोहक हँसिला र सवैलाई आफुप्रति आकर्षित गर्ने स्वभाव र प्रकृतिका थिए । पछि गोप-गोपिनीका आकर्षण विन्दु भएकाले गर्दा यसरातलाई  मोहरात्री भनिएको हो । 


    शुभरात्री जस्लाई हामीले लक्ष्मीपूजा अर्थात तिहारको औसीलाई शुभरात्री भन्ने गरीन्छ । यसै रातमा धनकी देवी माता लक्ष्मीको जन्म भएको हुनाले झिलिमिली बत्ती वालेर उनैको पूजा आरधना गरेर धुमधामका साथ मनाईन्छ । शुभ रात्रीका दिन सकेसम्म रातभर झिलिमिली बत्तिवालेर अध्यारो रातलाइ उज्याले पारी धनकी देवी माता लक्ष्मीलाई खुसी पारिन्छ । औसीको रात स्वतः अन्धकार हुने भएकोले र लक्ष्मीमाताको जन्म दिन पनि भएको हुनाले रातभर उज्यालो राखिने हुनाले शुभरात्रीको रुपमा मनाउने गरीएको हो ।


     चाररात्रीहरु मध्येको महारात्री अर्थातआजको दिन महाशिवरात्री पर्व हिन्दुहरुको एउटा प्रमुख र महत्वपूर्ण धार्मिक पर्वका रुपमा रहेको छ । भगवान शिवको उत्पति, प्रार्दुभाव अथवा जन्म भएको दिनलाई शिवरात्रीकोरुपमा भब्यताका साथ मनाईन्छ । देवताहरुको पनि देवता र सवैले आराधना गर्ने भएकाले आराध्यदेव अथवा महादेव भनिएको हो । हिन्दुहरुले भगवान शिवलाई धेरै सम्मान र आराधना गर्ने भएका हुनाले भगवानको उत्पति भएको दिन शिवरात्रीलाइ सम्मान स्वरुप ‘महा’ थपेर महाशिवरात्री भनिएको हो । संसारभर छरिएर रहेक हिन्दू धर्मावलम्बीहरुले आराध्यदेव श्री महादेवको मन्दिरमा गई धुमधामसँग पूजाअर्चना गर्ने गर्दछन ।   
     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार