फाल्गुन ११, काठमाण्डौं - टर्कीमा गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ हजार ३१० पुगेको टर्कीको आपतकालीन व्यवस्थापन निकाय (एएफएडी) ले बुधवार जनाएको छ । करिब ४४८,००० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
एएफएडीका अनुसार माघ २३ गते सोमबार गएको पहिलो शक्तिशाली भूकम्पपछि ७ हजारभन्दा बढी पराकम्पन गएको छ । भूकम्पमा करिब १ लाख १५ हजार मानिस घाइते भएको र ४ लाख ५८ हजार भवन ध्वस्त भएको बताए ।
माघ २३ गते सोमबार टर्कीको दक्षिणपूर्वमा रहेको कहरामनमारास प्रान्तमा दुईवटा शक्तिशाली ७.७ म्याग्निच्युड र ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। गत सोमबार, पुन १७ मिनेटको अन्तरालमा दक्षिणपूर्वी टर्कीमा ६.४ र ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । इजिप्ट, इजरायल, साइप्रस, लेबनान र सिरियामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
भुकम्पका तस्विरहरु:





