चैत्र १, काठमाण्डौं - अमेरिकी दुई ठुला बैंक सिग्नेचर बैंक र सिलिकन भ्याली बैंक चुर्लुम्म डुबेपछि विश्व बजारमा बैंकहरुको शेयरमूल्यमा भारी गिरावट आएको छ। विश्व बजारमा भएको गिरावट सङै नेपाली शेयरबजारमा पनि असर देखिएको हो।
हल्लाकै भरमा उतारचढाव हुने नेपाली शेयरबजार विश्वकै शक्तिशाली र ठूलो अर्थतन्त्र भएको देशको ठुला बैंक चुर्लुम्म डुवेपछी नेपाली संकटग्रस्त र परनिर्भर, अस्थिर राजनैतिक अवस्था, सिमित बर्गको अधिन र चंगुलमा रहेको शेयरबजार असर पर्ने नै देखिन्छ।
अमेरिकी राष्ट्रपति वाइडेनले बैंकिङ प्रणाली जोगाउन हरसंम्भव प्रयास गर्ने बताएपनी अमेरिकी लगानिकर्ताहरुले आशंका गरिरहेका छन। मंगलबार वाइडेनको कुरामा आशंकासंगै विश्वभर शेयरमूल्यमा गिरावट आएको थियो।