चैत्र १२, काठमाण्डौं - शिखर इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको ३६ लाख ८८ हजार ६६० कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
शेयरधनीको हितग्राही खातामा आएपछि यो बोनस शेयर कारोबार गर्न सक्नेछन् । शिखर इन्स्योरेन्सले गत माघ २५ गते सम्पन्न गरेको वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।