बुधबार, भाद्र ३ गते २०८३
images

प्राइम लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा


  • 995
    SHARES
  • चैत्र २१, २०७९ मंगलबार

    चैत्र २१, काठमाण्डौं - प्राइम लाईफ ईन्स्योरेन्सले विशेष साधारणसभा बोलाएको छ। मर्जरमा जान अन्तिम स्वीकृतिकालागि आगमी बैशाख छ गतेको साधारणसभा गर्ने भएको हो।

    कमलपोखरी स्थित अग्रवाल सेवा केन्द्रमा कम्पनीको साधारणसभा हुने छ। उक्त साधारण सभाले युनियन र गुराँस लाईफ ईन्स्योरेन्स कम्पनीसँग मर्ज हुने प्रस्ताव पारित गर्ने छ। यी तिनै कम्पनी मर्ज भए हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट कारोवार गर्ने छन।

    साधारणसभा प्रयोजनार्थ चैत्र २८ गते कम्पनीले बुक क्लोज गर्ने जनाएको छ भने तिनै कम्पनी को सेयर अनुपात १:१ रहने छ। मर्जरका लागि अन्तिम सम्झौताको अनुमोदन यहि साधारणसभाबाट पारित गराउने छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार