बैशाख ७, काठमाण्डौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। हिजो बुधबार बसेको संचालक समितीको बैठकले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।
हाल कम्पनी चुक्ता पुँजी १ अर्व ८६ करोड रहेको छ भने शत प्रतिशत शेयर निष्कासन गर्दा कम्पनीको चुक्त्ता पुजि दोब्बर अर्थात ३ अर्व ७२ करोड हुनेछ। कम्पनीले हकप्रद सम्बन्धी प्रस्ताव विषेश साधारण सभा र बिद्दुयुत नियमन आयोगमा लैजाने तैयारी गरेको छ।