मंगलबार, भाद्र २ गते २०८३
images

नेपाल धितोपत्र बोर्डमा नयाँ ब्रोकरकालागि हिमालयन स्टक एक्सचेन्जको आबेदन


  • 4.2K
    SHARES
  • बैशाख ९, २०८० शनिबार

    बैशाख ९, काठमाण्डौं - नेपाल धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज दर्ताकालागि शुक्रवार पहिलो परेको निवेदन परेको छ। नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स को लागि आवेदन आह्वानको समयसिमा आइतवार सकिदैछ। समय समाप्त हुनु एक दिन अघीमात्र हिमालयन स्टक एक्सचेन्ज नामको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स माग गर्दै बोर्डमा पहिलो आवेदन परेको हो।

     सर्वोच्च अदालतले गत बर्ष लाइसेन्स सम्बन्धी रिट खारेज गरेपछि बोर्डले चैत्र ३० गते १० दिनको समयसिमा तोक्दै नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि आवेदन माग गरेको थियो। आवेदन माग पश्चात एउटा मात्र निवेदन परेको हो भने कमोडिटी एक्सचेन्जको लागि भने हालसम्म बोर्डमा कुनै पनि कम्पनीको आवेदन परेको छैन।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार