बैशाख १०, काठमाण्डौं - नेपाल धितोपत्र बोर्ड (SOBEN) ले नयाँ स्टक एक्सचेन्जको लाईसेन्सको लागि आवेदन माग गरेको अन्तिम दिन आज २ वटा थप आवेदन परेको छ। जस अनुसार नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण एक्सचेन्जले आज अन्तिम दिन बोर्डमा आवेदन दिएका हुन। हिमालयन स्टक एक्सचेन्जले गत शुक्रवार नै आवेदन दिएको थियो।
हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुप, गोल्छा ग्रुप, पशुपति मुरारका, भवानी राणा, खेतान ग्रुप, ज्योति ग्रुप, लक्की ग्रुप, दुगड ग्रुपहरुको लगानी रहेको छ। नेशनल स्टक एक्सचेन्जमा एनआरएनका अध्यक्ष कूल आचार्य, र बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो, अग्नी ग्रुप, केडिया ग्रुप, र सिद्धार्थ ग्रुपको लगानी रहेको वताईएको छ भने अन्नपूर्ण एक्सचेन्जमा मुक्तिबोध न्यौपाने, सुरेन्द्रराज वाग्ले लगायतको लगानी रहेको जनाईएको छ। नेपाल धितोपत्र बोर्डको नियम अनुसार स्टक एक्सचेन्जमा व्यक्तिगत लगानी गर्न पाईदैन त्यसैले लगानी संस्थागतरुपमा आएका हुन्।
यी ३ मध्येबाट बोर्डले एउटा मात्र स्टक एक्सचेन्जको आवेदन स्विकृत गर्ने छ। यि तीन ब्यापारिक घराना मध्ये कस्ले बाजी मार्ला हेर्न भने बाँकी नै छ ।