बैशाख १३, काठमाण्डौं - बोटलर्स नेपाल लिमिटेडले शेयरधनीहरुलाई भुक्तानी लिन बाँकी रहेको लाभांश दाबी गर्न सूचना जारी गरेको छ। केही शेयरधनीहरुले बिगत ५ बर्ष देखि लाभांश बुझेका नै छैनन।
हालसम्म पनि लाभांश दाबी नगरेका नलिएका लगानीकर्ताहरुले कम्पनी को शेयर रजिस्ट्रार नविल इन्भेस्टमेन्ट बैन्किङ्ग लिमिटेड नारायणचौर नक्सालमा शेयर प्रमाणपत्र र परिचय पत्र सहित उपस्थित भई आफ्नो लाभांश लिनकालागि अनुरोध गर्दै सुचना प्रकाशित गरेको छ।
अन्यथा कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा (९) बमोजिम अनुसार लगानी संरक्षण कोषमा जम्मा गरिने जनाएको छ।
