जेष्ठ २, काठमाण्डौं - एनआईसी एसिया बैंक लिमिटेडको संस्थापक सेयर आजवाट बिक्री खुल्ला भएको छ। ३ लाख ४५ हजार ६८० कित्ता सेयर बैंकले बोलकबोल (टेण्डर) मार्फत लिलामी प्रक्रियावाट बिक्री गर्दैछ।
उक्त सेयरको न्यूनतम मूल्य ३६५ प्रतिकित्ता रहेको छ भने कम्तिमा १ हजार कित्ताको सिलबन्दी गरि आबेदन गर्नु पर्ने छ। अधिकतम मा सम्पुर्ण शेयरको आबेदन दिन सकिने छ।
अबेदन गर्ने अन्तिम मिती २०८० जेष्ठ ९ गते रहेको छ भने ब्याक्ति र संस्था जोसुकैले आबेदन पेस गर्न सक्ने छन।