नेपालमा सिमेन्टको मुल्यमा सरकारद्वारा उचित समयमा नियमन नगर्दा उपभोक्ता मारमा पर्ने गरेका छन। हाल नेपालमा १०० भन्दा बढी सिमेन्ट उधोग रहेका छन। सिमेन्ट उधोगलाई चाहिने चुन ढुङ्गा नेपालमा प्रयाप्त मात्रामा रहेता पनि इन्धनका लागी चाहिने कोइला र पेट कोकको लागि भने नेपालले भारतसँग नै निर्भर रहनु परेको छ। हाल भारतमा समेत कोइला र पेट कोक को उत्पादनमा कमी आएको छ र तिनिहरुको मुल्य बढेको छ । भारत पनि पेट कोक र कोइलाको कमीको कारण सिमेन्ट उत्पादनमा ब्यापक प्रभाबित भईरहेको छ। द साउथ ईण्डियन सिमेन्ट मैनुफ्याक्चर्स एसोसिएसनले आयातित कोइला र पेट कोकको बढेको मुल्यको कारणले भारतमा सिमेन्ट प्रती बोरा ६० रुपैया सम्म बढ्न सक्ने जनाएको छ। फलस्वरुप नेपालका सिमेन्ट उधोगहरु पनि पेट कोक ,कोइला र फ्लाई एसका लागि भारतसँग नै निर्भर रहनु पर्ने भएको कारण ले मुल्य बढ्ने स्वभाविक देखिन्छ तर नेपालका सिमेन्ट उत्पादकहरुले कती मुल्य बढाउछन यकिन भन्न सकिदैन।