शनिबार, श्रावण ३० गते २०८३
images

डलरको मुल्य हालसम्म कै उच्च! डलर उकालो लागेको हो कि नेपाली रुपैयाँ ओरालो लागेको हो ?


  • 3.3K
    SHARES
  • फाल्गुण २३, २०७८ सोमबार

    नेपालमा अमेरिकी डलरले आज सम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाली रुपैयाँ अहिले सम्मकै सबै भन्दा कमजोर भएको छ। वाणिज्य बैंकहरुले आज अमेरिकी डलर १२३ रुपैयाँ ४५ पैसामा कारोबार गरेका छन् अन्य केही बैंकहरुले भने १२३ रुपैयाँ ३० पैसासम्म कारोबार गरेका थिए । 

    गत २०७६ चैतमा पनि डलरले नयाँ रेकर्ड कायम गरेको थियो। अमेरिकी डलरको मुल्य १२३ रुपैयाँ २८ पैसा पुगेको थियो। क्रमश: २०७७ फागुन १३ गते ओरालो लागेर डलर ११६ रुपैयाँ २ पैसामा आएको थियो। डलरको मुल्य एउटै स्थानमा नरहे पनि उचाइ भने लिन सकेको थिएन। 

    हाल भई रहेको रुस-युक्रेन लडाईंका कारण भारतीय रुपैया कमजोर हुँदा नेपाली रुपैयाँको मुल्यमा ह्रास आएको हो। रुसले युक्रेनमाथि आक्रमण तिब्र  पारेबाट डलरको मुल्य उकालो लागेको हो । आज रुस-युक्रेन युद्ध सुरु भएको १२ दिन पुरा भएको छ। नेपाली रुपैयाँ भारुसँग स्थिर विनिमय दर रहेको हुँदा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ र भारतीय रुपैयाँ बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो रहने हुन्छ। गत उनन्तिस बर्ष देखी नेपाली र भारतीय रुपैयाँको स्थिर विनिमय दर छ। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार