आइतबार, श्रावण ३१ गते २०८३
images

अमेरिकी भिसा आवेदनको शुल्क बढ्यो


  • 1.7K
    SHARES
  • जेठ २०, २०८० शनिबार

    जेष्ठ २०, काठमाण्डौं - अमेरिकी भिसा आवेदन शुल्कमा आगामी जुन १७ तारिखबाट लागू हुनेगरी वृद्धि भएको अमेरिकि दुतावास काठमाण्डौंले जनाएको छ। दुतावासले फेसबूकपेज लगायतवाट यस्तो सुचना जारी गर्दै जनाएको हो। 

    भ्रमण तथा पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि गरी १८५ डलर कायम गरिएको छ भने पेटिसन भिसा शुल्कमा १९० डलरबाट वृद्धि गरी २०५ डलर कायम गरिएको छ। 

    दूतावासले जनाए अनुसार ई-भिसा आवेदन शुल्क २०५ डलरबाट वृद्धि गरी ३१५ डलर कायम गरिएको छ। दुतावासका अनुसार उस्को सेवाको लागत सम्बन्धी वार्षिक अध्य्यनको नतिजा अनुसार भिसा शुल्क निर्धारण गरिएको जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार