बिहीबार , कार्तिक २० गते २०८३
images

करोड खर्चेर अमेरिका पुगेका युवालाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल फर्काइदियो

  • 5.0K
    SHARES
  • पौष ३, २०७६ बिहीबार

    अवैध रूपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ  । अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो ।

    उनीहरू रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका छन् । बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरूलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको थियो । केहीले अमेरिका पुग्न एक करोड रुपैयाँसम्म खर्च गरेको बताएका छन् । तर, घर जान उनीहरूसँग बसभाडासमेत थिएन । प्रहरीले नै उनीहरूलाई बसभाडा दिएर घर पठाएको छ ।

    अमेरिकाबाट उडेको १३ सिटे चार्टर विमानमा पाँच नेपाली र तीन पाकिस्तानी नागरिक थिए । तीन पाकिस्तानीलाई उनीहरूको देशमा छाडेपछि नेपाली लिएर विमान काठमाडौं आएको हो । उनीहरूलाई लिन मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रहरी अधिकारीहरू विमानस्थल पुगेका थिए ।

    एक युवा विद्यार्थी भिसामा अमेरिका पुगेको खुलेको छ । रुकुमका एक युवाले अमेरिका जाँदा र त्यहाँ मुद्दा लड्दा करिब एक करोड सकिएको बताए । मुद्दा लडिरहेकै बेला अर्को व्यक्तिको नाममा ट्राभल डकुमेन्ट बनाएर नेपाल फकाईएको उनले बताए । अरु तीन युवा मानव तस्कर समूहको पछि लागेर मेक्सिको हुँदै अमेरिका छिर्न खोज्ने क्रममा पक्राउ परेका हुन् । उनीहरूको प्रतिव्यक्ति करिब ५० लाख खर्च भएको छ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार