काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिवार विहान सामाजिक संजालमार्फत आक्रामक अभिब्यक्ती दिएका छन। हिजो चैत्र २४ गते गैरीगाँउमा सुकुमबासी बस्ती हटाउन जाँदा सरकारले सहयोग नगरेको समाचार आईरहदा आज मेयर शाहको आक्रामक अभिब्यक्तीहरु आएका हुन।

उनले सामाजिक संजाल फेसबूकमा आजबाट सिंहदरवारको फोहोर आजदेखी नउठाउने र त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका छन। मेयर शाह यतीमै रोकिएका छैनन, उनले आफ्नो अर्को फेसबूक एकाउन्टबाट ईन्डिया र चाईनाले बनाएको सरकारलाई आफुले ईज्जत नगर्ने समेत बताएका छन।
उनी लेख्छन, "ईन्डिया र चाईनाले बनाएको सरकारको कुनै ईज्जत गर्दिन म। नेपाल स्वाधिन कहिले हुने? आफ्नो अस्तित्व कहिले बनाउने? लाज लाग्दैन?"

मेयर शाहका अभिब्यक्ती प्रती सामाजिक संजालमा तिब्र प्रतिकृयाहरु आईरहेका छन, जस मध्ये बहुसंख्यक प्रतिकृयाहरु उनको अभिब्यक्तीको पक्षमा र केही भने उनको बिपक्षमा रहेका छन।
राजनितिक संरक्षणका कारण सार्वजनिक स्थानहरुमा हडपेर बसेका सुकुमबासीहरुलाई हटाउन र काठमाण्डौंको फोहोर ब्यवस्ठापनमा सरकारले महानगरपालिकाका तथा मेयरलाई कुनै पनि रुपमा सहयोग नगरेको आरोप लाग्ने गरेको छ।