काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बनेका बालेन साहले अग्रतालाई कायम राखेका छन् । हालसम्म बालेनलाई ४१३९ मत प्राप्त हुँदा नेकपा एमालेका केशव स्थापितले २१४८ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १९३४ मत प्राप्त गरेकी छन् ।