आइतबार, श्रावण ३१ गते २०८३
images

नेपाल रिपब्लिक मिडियाको आईपिओ आजबाट खुल्ला


  • 1.3K
    SHARES
  • जेठ २६, २०८० शुक्रबार

    जेष्ठ २६, काठमाण्डौं - नेपाल रिपल्बिक मिडिया लिमिटेडको आईपिओ आजबाट खुल्ला गरिएको छ। कम्पनिले जारी पुँजीको ४४.९९२२ प्रतिशत जारीगर्ने अनुमती पाएको थियो।

    कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रहेको छ। जस अनुसार १०० रुपैयाँ अंंकित कुल ४३ लाख ५३ हजार कित्ता रहेकोमा वैदेशिक रोजगारिमा रहेका नेपालीहरुकालागी कम्पनिले १० प्रतिशत गत बैशाखमा बिक्री गरिसकेको छ। कम्पनिका कर्मचारी र सामुहिक लगानी कोषको ९ प्रतिशत घटाएर बाँकि रहेको ३५ लाख २५ हजार ९३० कित्ता सेयर सर्वसाधारणकालागी जारी गरेको हो।

    सर्वसाधारणले न्युनतम १० कित्तादेखी ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा आवेदन निष्कासन जेष्ठ ३० गते सम्म र ढिलोमा असार ८ गते सम्म रहने जनाईएको छ। नेपाल रिपब्लिक मिडिया ग्रुपको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार