उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहतर्फको ३८ हजार ९९ कित्ता सेयर लिलामीकालागी आजवाट खुल्ला गरिएको छ।
प्रती सेयरको न्युनतम मुल्य ३५० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले सेयर खरिदकालागी ३५० रुपैयाँ वा सो भन्दा माथीको मुल्यमा शिलबन्दी गरि बोलकबोल गर्नुपर्ने छ।
सेयर खरिदकालागी शिलबन्दी पेश गर्ने अन्तिम मिति २०८० अषाढको ३ गते सम्म तोकिएको छ। सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुत्त गरिएको जनाएको छ।