शनिबार, श्रावण ३० गते २०८३
images

नविकरण नगर्ने ३३ निर्माण व्यवसायीहरुको लाईसेन्स स्वत: खारेज भए


  • 1.6K
    SHARES
  • बैशाख १४, २०८० बिहीबार

    बैशाख १४, काठमाण्डौं - नियम अनुसार तोकिएको समयमा नविकरण नगर्ने ३३ वटा निर्माण व्यवसायीहरुको ईजाजतपत्र (लाईसेन्स) स्वत: खारेज भएको छ।

    हिजो बिहिवार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबर्द्धन शाखाले सूचना जारी गर्दै ३३ वटा निर्माण व्यवसायीहरुको ईजाजतपत्र स्वत: खारेज भएको सुुुचना मार्फत जनाएको छ।

    यी कम्पनीहरुले सार्वजनिक निर्माणका कार्य गर्ने प्रयोजनार्थ मन्त्रालयबाट लाइसेन्स लिएका थिए। उनिहरुले निर्माण व्यवसाय ऐन अनुसार २०७९ को चैत्र मसान्तसम्म नविकरण नगरेकाले व्यवसायीहरुको स्वत: खारेजीमा परेको हो। मन्त्रालयले थप समय प्रदान गर्दा पनि व्यवसायीले चासो नदेखाएकाले पनि लाइसेन्स (ईजाजत) ऐन अनुसार खारेज भएको हो। 

    खारेजीमा परेका कम्पनिहरु:-

    IMG-20230427-WA0002.jpgIMG-20230427-WA0001.jpgIMG-20230427-WA0000.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार