शनिबार, श्रावण ३० गते २०८३
images

थ्रीस्टार हाईड्रोपावरको आइपीओ आजवाट खुल्यो


  • 1.7K
    SHARES
  • आषाढ ५, २०८० मंगलबार

    थ्रीस्टार हाइड्रोपावरले १०० अंकित मुल्यका ६ लाख १३ हजार १६२ कित्ता आइपीओ आजवाट सर्वसाधारणका लागि खुल्ला गरेको छ। 

    कुल ७ लाख ३८ हजार ५० कित्ता मध्ये १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता सेयर विदेशमा रोजगारी गर्न गएका नेपाली नागरिकका लागी, ५ प्रतिशत अर्थात ३६ हजार नौ सय अठतिस कित्ता सामुहिक लगानीकोष र २ प्रतिशत अर्थात् १४ हजार ७७५ कित्ता सेयर कम्पनीका कर्मचारीकालागि छुट्टयाई बाकी रहेको ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणकालागी खुल्ला गरेको हो।

    थ्रीस्टार हाइड्रोपावर कोशी प्रदेशको हलेसि तुवाचुङ नगरपालिका खोटाङमा रहेको छ। २०७२ मा स्थापना भएको हो। कम्पनीले सर्वसाधारणकालागी आइपीओ खुल्ला गर्नु अघि नै स्थानीय र वैदेशिक रोजगारीमा गएकागरुकालागी शेयर बिक्री गरिसकेको छ।

    थ्रीस्टार हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ। लगानीकर्ता ले कम्तीमा १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सकिन छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार