असोज १९, काठमाण्डौं - नेपाल राष्ट्र बैंकले १२ करोडको सिमालाइ केही खुकुलो बनाएको छ। बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संसोधन गर्दै शेयर बजारलाई केही सहज गरेको हो।
हाल एक ब्याक्ति वा सँँस्थाले शेयर धितो कर्जा १२ करोडसम्म मात्र लिन पाउने व्यवस्था रहेकोमा अब ब्याक्तीगत लगानीकर्ताले १५ करोड र संस्थाले २० करोडसम्म कर्जा लिन पाउने छन।
गत असोज २ गतेको वित्तीय क्षेत्रको उच्च स्तरीय समितिको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले भू-उपयोग नीति संशोधन मार्फत जग्गाको कित्ताकाट खुलाई सकिएको र अब शेयर बजारको तरलतामा पनि सहजीकरण गर्नुपर्ने बताएका थिए। त्यसैले नेपाल राष्ट्र बैंक पनि शेयर धितो कर्जामा १२ करोडको सिमामा हेरफेर गर्न राजी भएको हो।