सोमबार, भाद्र १ गते २०८३
images

कांग्रेस नेता केसीको नजरमा ओली सरकारको १४ महिने कार्यकाल ( भिडियो हेर्नुहोस् )

  • 36.5K
    SHARES
  • बैशाख १४, २०७६ शनिबार

    नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले सरकारको १४ महिने कार्यकाल त्यति सन्तोषजनक नभएको बताएका छन्  । सरकारको एकदलीय अधिनायकवादी सोचले अहिले देश राजनीतिक संकटमा फसेको उनको आरोप छ  । पटक पटक भएका जनआन्दोलनको नेतृत्व काँग्रेसले गरेको तर अरु पार्टी जस्तो प्रचार गर्न नजानेकाले काँग्रेसले केही नगरे जस्तो देखिएको बताउदै उनले देशलाई नयाँ ढंगले परिवर्तन गर्ने काम काँग्रेसकै नेतृत्वमा भएको दाबी गरे । यो पाँच वर्षको अवधिमा दायाँ बायाँ नगरीकन विपक्षमा बसेर पार्टी निर्माण र संगठन विस्तारमा सबै एकजुट भएर लाग्नुपर्ने बताउदै नेता केसीले नेपाली काङ्ग्रेस भित्रको गुट उपगुटले पार्टीलाई कमजोर बनाएको भएपनि अब पार्टी बलियो हुने बताए । नेताहरुले पार्टीभित्रको गुट उपगुटलाई समाप्त नपारे सङ्घीयता नै धरापमा पर्ने खतरा उत्पन्न भएको उनको भनाइ थियो ।

    भिडियो हेर्नुहोस् 

    अहिले देश नयाँ राजनीतिक युगमा प्रवेश गरेकाले संघीयता कार्यान्वयन गर्न जटिल जस्तो देखिएको छ । यो प्रकृयामा धेरै खर्च बढेको छ तर सङ्घीयता राम्रो भएपनि यो जनप्रतिनिधिहरुको कारण असफल बन्दै गएको उनले बताए । प्रशासनिक खर्च कसरी कम गर्ने र देश विकासमा कसरी निरन्तरता दिने भन्ने सोच काँग्रेसमा पनि आउनु जरुरी छ । नेपालमा पूर्वाधारका प्रशस्त सम्भावना भएपनि त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । काँग्रेसले यी सबै कुरालाई ध्यानमा राख्दै पार्टी सँगसँगै देश बनाउने अभियानमा लाग्नुपर्छ उनले भने ।

    उनले भने- सरकारले समयमै शुसासनको प्रत्याभूती, मंहगी नियन्त्रण, करको बोझबाट आमनागरिकलाई मुक्त बनाउनु, शान्तिसुरक्षाको सुव्यवस्था, सहज दैनिक जनजीवनको व्यवस्थापन गर्नुपर्छ । अहिले नेपाली काँग्रेसले सरकार गठन भएको १४ महिना मात्र भएकाले बिरोध भन्दा गतिविधि नियालिरहेको उनले बताए । नेपाली काँग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको र नेकपाको सरकारले राम्रो काम गरे समर्थन गर्ने देशघाती र जनघाती काम गरे खबरदारी गर्ने उनले बताए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार