मंगलबार, भाद्र २ गते २०८३
images

गुठी विधेयकको विरोध गर्दा प्रहरी हस्तक्षेप भएकोमा नुवाकोट कांग्रेसको आपत्ती ( बिज्ञप्तीसहित )

  • 12.7K
    SHARES
  • जेठ २७, २०७६ सोमबार

    सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा हिजो भेला भएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको  विषयमा नुवाकोट काँग्रेसले आपत्ती जनाएको छ । गुठी विधेयकप्रति आपत्ति जनाउँदै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले पानीको फोहोरासहित धरपकड गरेको थियो भने  धरपकडमा परी एक दर्जन बढी घाइते भएका थिए ।

    प्रदर्शनकारीहरुले सो विधेयक तत्काल फिर्ता नलिए आफूहरु रगतको खोलो बगाउन तयार रहेको चेतावनी दिएका छन्। सामाजिक अभियन्ता भरत जंगम, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल भाषा मंका खलका सचिव नरेशवीर शाक्यले मुलुकको धर्म, संस्कृति र सभ्यता समाप्त हुने गरी सरकारले ल्याएको सो विधेयक फिर्ता नलिए देशभर आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।

    नुवाकोट कांग्रेसले निकालेको बिज्ञप्ती हेर्नुहोस् 

    प्रेस विज्ञप्ति

    हाम्रो संस्कृति, परम्परा, पूर्वजले सुम्पेको धरोहर र गौरवको प्रतीक हो गुठी । हाम्रा पूर्वजले सामाजिक कार्य तथा धर्म ,संस्कृति र परम्पराको संरक्षण हेतु खडा गरिएको गुठी नेपालको एउटा विशेषता हो ।विशेषगरिकन काठमाडौ उपत्यकाको धरोहर र पहिचान गुठीनै हो । तेस्तै नुवाकोट जिल्लाभर विभिन्न भेगमा पनि यस्ता गुठिका जग्गाहरु प्रसस्त भेटिन्छ ,
    संविधानमा भएको प्राबधान "सनातनदेखि चलिअाएको धर्म संस्कृतिको संरक्षण" को विपरीत अाएको गुठी विधेयक जग्गा व्यवस्थापनका नाममा गुठीयारको अधिकार खोसेर सरकारको नाममा ल्याई गुठीको सम्पत्तिमाथि कब्जाको रणनीति लिएको स्पष्ट हुन्छ ।सर्वसत्तावाद तर्फ उन्मुख सरकारले गुठीयारको अधिकार खोस्ने मात्र हैन हाम्रो धर्म,संस्कृति र परम्परामाथि प्रहार गर्न खोजेको स्पष्ट हुन्छ ।

    हाम्रो धर्म संस्कृति र परम्पराको संरक्षणकानिम्ति स्थापित भएको गुठीका सम्बन्धमा ल्याईएको विधेयक तत्काल फिर्ता लिई , गुठीमा अाइपरिरहेको समस्या समाधान गर्नतर्फ नेपाली कांग्रेस नुवाकोट सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।

    २०७६ साल जेठ २६ गतेका दिन माइतीघर मण्डलामा गुठी विधेयकको विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका संरक्षणकर्मी तथा विभिन्न गुठीयारहरुले १० मिनेटमा प्रदर्शन समाप्त गर्ने जनाउदिदादिदै १२: ५० को समयमा सरकारी दमन धरपकड र अन्धाधुन्ध बलप्रयोग गरि पानीको फोहरा प्रहारगरी दर्जनौ संरक्षणकर्मी तथा गुठीयारहरुलाई घाईते बनाइएको प्रति गम्भीर ध्यानाकर्षणका साथै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारका विपरित यो सरकारको चरित्र निरङ्कुशता तर्फ उन्मुख भएको स्पष्ट छ ।
    संविधानको प्रतिकूल धर्म संस्कृति र परम्परा विनाश गर्ने गरि ल्याईको विधेयक कुनैपनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै तत्काल यो गुठी विधेयक संसद्बाट फिर्ता लिन जोडदार माग गर्दछौं ।
    जगदिश्वरनरसिह के सि
    सभापति 
    नेपाली कांग्रेस नुवाकोट

     

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार