मंगलबार, भाद्र २ गते २०८३
images

यो सरकारले अपराधी र भष्ट्राचारीलाई बचाईरहेको छ : सभापति के.सी. ( भिडियो हेर्नुहोस् )

  • 9.9K
    SHARES
  • श्रावण १७, २०७६ शुक्रबार

    नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले सरकारको १७  महिने कार्यकाल त्यति सन्तोषजनक नभएको बताएका छन्  । उनले सरकारको एकदलीय अधिनायकवादी सोचले अहिले देश झन् राजनीतिक संकटमा फसेको बताए  । ओलीले भाषण र उखानको नयाँ टुक्का बाहेक बाँकी अरु केहि नगरेको उनको भनाइ थियो । पटक पटक भएका जनआन्दोलनको नेतृत्व काँग्रेसले गरेको तर अरु पार्टी जस्तो प्रचार गर्न नजानेकाले काँग्रेसले केही नगरे जस्तो देखिएको बताउदै उनले देशलाई नयाँ ढंगले परिवर्तन गर्ने काम काँग्रेसकै नेतृत्वमा भएको बताए ।नेता केसीले  गुट जता भएपनि रुट एकै हुनुपर्ने बताए  ।

    उनले भने- सरकारले समयमै शुसासनको प्रत्याभूती, मंहगी नियन्त्रण, करको बोझबाट आमनागरिकलाई मुक्त बनाउनु, शान्तिसुरक्षाको सुव्यवस्था, सहज दैनिक जनजीवनको व्यवस्थापन गर्नुपर्छ तर त्यो गर्न सकेको छैन । अपराध,कालोबजारी,भष्ट्राचार बढिरहेको छ तर सरकार कारवाही गर्नुपर्नेमा मस्त निन्द्रामा छ । दुई तिहाइको सरकारलाई काम गर्न कसले रोक्यो ? कि कसैले छेकिरहेको त छैन ? उनको प्रश्न थियो । कांग्रेसले सरकारले  राम्रो काम गरे समर्थन गर्ने र देशघाती ,जनघाती काम गरे खबरदारी गर्न छायाँ सरकार बनाएको उनको भनाई थियो  ।

    सरकार गठन भएको १७ महिना मात्र भएकाले बिरोध भन्दा गतिविधि नियालिरहेको उनले बताए । पार्टीभित्रको गुट उपगुटलाई समाप्त नपारे सङ्घीयता नै धरापमा पर्ने खतरा उत्पन्न भएकोले अहिले पार्टी सुदृढीकरणका लागि कांग्रेसले राष्ट्रिय जागरण अभियान संचालन गरेको  उनको भनाइ थियो ।नेपालमा पूर्वाधारका प्रशस्त सम्भावना भएपनि त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । काँग्रेसले यी सबै कुरालाई ध्यानमा राख्दै पार्टी सँगसँगै देश बनाउने अभियानमा लाग्नुपर्छ उनले भने ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार