नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले प्रचण्डले पदबाट राजिनामा दिनुपर्ने बताएका छन् । उनले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् । प्रचण्डले चितवनमा पुगेर असार १० गते नुवाकोटका युवतीहरू बेचिने गरेको भन्ने बिप्लबसँगको प्रसंगमा सार्वजनिक टिप्पणी गरेका थिए । त्यसले नुवाकोटका युवतीहरू खासगरी तामाङ् दिदीबहिनीहरूको हुर्मत र इज्जत माथी धावा बोल्ने काम भएको केसीको ठहर छ ।
केसीले संजालमा के भने हेर्नुहोस्
कामरेड प्रचण्डलेचाहिँ राजिनामा दिनु नपर्ने ?
प्रचण्डले हालै चितवनमा पुगेर नुवाकोटका युवतीहरू खासगरी तामाङ् जातिका चेलीबेटीमाथि क्रुरतापूर्ण उपमा बनाउँदै जुन क्षुद्र बोली प्रकट गरे, पोहोर साउन ४ गते यस्तै बोली प्रकट गरेको कारण उनकै पार्टीका शेरबहादुर तामाङ्लाई न्याय तथा कानुनमन्त्रीबाट राजिनामा गर्न बाध्य बनाइएको थियो, उनले आँसुका मसीले पदबाट राजिनामा दिएर सरकारबाट विदा भए । यही असार १० गते सत्तारुढ ने.क.पा.का अध्यक्ष प्रचण्डले नुवाकोटका युवतीहरू बेचिनेगरेको भन्ने क्रुरता र उपहासपूर्ण उपमा बनाएर बिप्लबसँगको प्रसंगमा जेजस्ता सार्वजनिक टिप्पणी गरेका छन्, त्यसले नुवाकोटका युवतीहरू खासगरी तामाङ् दिदीबहिनीहरूको हुर्मत र इज्जत माथी धावा बोल्ने काम भएको छ ।
त्यस्तै भाषण गरेका एक मन्त्रीले पदबाट राजिनामा दिनुपर्ने तर सोही पार्टीको मुखियाले त्यस्तै भाषण गर्दा पनि पदबाट राजिनामा दिनु कताकता, माफीसमेत माग्नु नपर्ने, उन्मुक्ति पाउने यो कहाँको न्याय हो ? कस्तो ‘सामाजिक न्याय’ वा ‘समाजवाद’ उहाँहरूले स्थापना गर्न खोजेको हो । त्यसैले ने.क.पा. कै नेता शेरबहादुर तामाङ्ले देखाएको नैतिकताको उदाहरण उनकै पार्टी अध्यक्ष प्रचण्डले पनि अपनाउन् । जातिविशेषका युवतीहरूको सम्मानमा चोट पुर्याउने प्रचण्डको हर्कतले प्रश्रय नपाओस् । हाम्रो जिल्लाको सबै दिदिबहिनी प्रति हाम्रो सम्मान छ। तेसमाथि तामाङ दिदिबहिनी प्रती झन बढी आदर र सम्मान रहेको छ।कम्युनिस्ट हो चेतना भया।
संजाल.png)