बिहीबार , कार्तिक २० गते २०८३
images

चिनियाँ कम्पनी बन्यो नेपालकै पहिलो अन्तर्राष्ट्रिय ‘भुक्तानी सेवा’

  • 4.9K
    SHARES
  • श्रावण ७, २०७६ मंगलबार

     काठमाडौं । चिनियाँ कम्पनी ‘युनियन पे’ले नेपालकै पहिलो अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकको इजाजतपत्र हासिल गरेको छ।

    नेपाल राष्ट्र बैँकले केही दिनअघि युनियन पे इन्टरनेसनललाई उक्त इजाजतपत्र दिएको हो। अब युनियन पे इन्टरनेसनलले नेपालमा इलेक्ट्रिक कार्ड र भुक्तानी सेवा सञ्चालन गर्न पाउनेछ।

    युनियन पे यस्तो इजाजतपत्र पाउने पहिलो अन्तर्राष्ट्रिय कम्पनी हो।

    युनियन पेले संसारभरि नै सेवा विस्तार गरिरहेको छ। नेपालमा यसअघि ईसेवा, खल्तीलगायतले भुक्तानी सेवाको काम गरिरहेका छन्।

    नेपालका लागि चिनियाँ राजदूत होउ याङ्जीले नेपालकै पहिलो अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकको इजाजतपत्र हासिल गरेकामा युनियन पेलाई बधाई दिएकी छन्।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार