काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/८८ का लागि लाभांश प्रस्ताव गर्ने माछापुच्छ्रे बैंक लिमिटेड पहिलो वाणिज्य बैंक बनेको छ।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १४ प्रतिशत रु. १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । जसमा १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) छन्।