भुक्तानी प्रदायक सन्जालका क्रेडिट कार्ड, भिसा र मास्टरकार्डले रुसका बैंक तथा वित्तीय संस्थाहरुमाथि आफ्नो नेटवर्कमा प्रतिबन्ध लगाएको जनाएको छ। युक्रेन माथि आक्रमण जारी राखेपछि ति कम्पनीहरुमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको बताएको हो। गएको हप्ता देखी रुसले युक्रेन माथि आक्रमण सुरु गरेपछि अमेरिकासहितका देशहरुले रुस माथि विभिन्न प्रतिबन्ध लगाउने निर्णय गर्दै आएका छन्।
सोमबार ति नेटवर्क कम्पनीहरुले रुसमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरु माथि प्रतिबन्ध लगाएको जनाएको थियो। मास्टरकार्डले ती कम्पनी वा व्यक्तिहरुको नाम भने सार्वजनिक गरेको छैन। मास्टरकार्डको मुख्य प्रतिद्वन्दी भिसाकार्डले पनि आफ्नो नेटवर्क रुसी संस्थाहरु माथि प्रतिबन्ध लगाएको सि बि एस न्युजले जनाएको हो । यि सेवा प्रदायकहरुले रसियन लाखौं जनताहरुको ति सन्जालबाट पाउने हक अधिकारका बारेमा भने मौन रहेको देखिएको छ ।