२२ चैत, काठमाडौं - फोर्ब्सले आज बुधबार सन २०२३ को विश्भर रहेका डलर अर्बपती धनाढ्यहरुको सूची प्रकाशित गरेको छ। नेपालजस्तो बिकासोन्मुख सानो देशबाट केही बर्ष अघीबाट डलर अर्बपती धनाढ्यको सूची अँटाएका नेपालका उद्ध्योगपती विनोद चौधरी १ हजार ९४५ औं स्थानबाट १ हजार ६४७ औं स्थानमा उक्लिएका छन।
गत वर्ष उनकोको कुल सम्पत्ति एक खर्ब ९७ अर्ब थियो । आजका दिनमा चौधरीको सम्पत्ति बढेर कुल २ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। जस अनुसार उनको सम्पत्ति एक बर्षमा ४० अर्ब बढेको देखिन्छ। आज बुधबार सार्वजनिक भएको विश्वका धनाढ्यहरुको सूचीमा फ्रान्सका बेनार्ड अल्नार्ड कुल सम्पत्ति २२८.५ बिलियन अमेरिकी डलर शहित प्रथम स्थानमा छन भने एलन मस्क दोस्रो स्थानमा रहेका छन्।