माघ १८, भारत - भारतमा आज अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२३/२४ का लागि प्रस्तुत गरेकी छन । बजेटमा विद्युतीय सवारीसाधन, स्मार्टफोन, टेलिभिजन, खेलौना, साइकल तथा अटोमोबाइलहरुमा लाग्दै आएको कस्टम ड्युटी कम गर्ने घोषणा गरेकि छन । जस अनुसार अब भारतमा ति समानहरु सस्तो हुने छन ।
अर्थमन्त्रीले कपडाबाहेक अन्य वस्तुमा लाग्ने भन्सार शुल्क दर २१ प्रतिशतबाट घटाएर १३ मा ल्याउने पनि जनाएकी छन भने ब्याट्रीको आयात शुल्क पनि घटाइएकी छन । चुरोट, सुन, चाँदी, प्लाटिनम, विदेशबाट आयात गरिने चाँदीका भाँडाकुडा पनि महँगो हुनेछ। नेपाललाई अनुदान अघिल्लो बर्षको तुलनामा बढाएर ५ अर्ब ५० करोड भारु दिने प्रस्ताव गरेको छ जुन अघिल्लो बर्षको तुलनामा १ अर्ब २५ करोड बढी रहेको छ ।