आइतबार, श्रावण ३१ गते २०८३
images

नेकपालाई सभामुख छान्न सकस : पूर्वमाओवादीबाट खोसिने, नेम्बाङको सम्भावना

  • 4.9K
    SHARES
  • मंसिर २७, २०७६ शुक्रबार

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई सभामुखको उम्मेदवार छान्न सकस परेको छ। पार्टीले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अधिकार दिए पनि अहिलेसम्म उनीहरूले नाम टुंगो लगाउन नसकेका हुन्। दुवै अध्यक्ष आफूनिकट व्यक्तिलाई सभामुखको जिम्मेवारीमा पु(याउने रणनीतिमा तल्लीन रहँदा रिक्त सभामुखमा पार्टीका तर्फबाट कसलाई अघि सार्ने भन्ने टुंगो लाग्न नसकेको हो।

    प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली सरकारलाई समेत सहयोग गर्ने व्यक्तिलाई सभामुखमा ल्याउन चाहन्छन्। हाल उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फेले पनि सो पदमा दाबी गरेकी छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटर आफू सो पदमा योग्य भएको जनाइसकेकी छन्। पार्टीका विभिन्न नेतासँग पनि उनले छलफल गरेकी छन्। तर पार्टीका दुवै अध्यक्ष उनलाई सभामुख बनाउन तयार नभएको स्रोतले जनाएको छ। उपसभामुख तुम्बाहाम्फेले पार्टीका कार्यकारी अध्यक्ष दाहालसँग समय मागे पनि उनले समय दिएका छैनन।

    दुई पार्टी एकीकृत हुनुअघि तत्कालीन माओवादीको भागमा परेको सभामुख यसपटक भने खोसिने सम्भावना बढेको छ। दाहाललाई पार्टी सञ्चालनको जिम्मासहित कार्यकारी अधिकार दिएपछि ओलीलाई सभामुख छान्ने अधिकार दिने सम्भावना रहेको पार्टी निकट स्रोतले जनाएको छ। पूर्वमाओवादीका देव गुरुङ, अग्नि सापकोटा, जनार्दन शर्मा र पम्फा भुसालले सभामुख बन्न दाबी गरिरहेका छन् भने पूर्वएमालेका नेताहरु मौन छन्। धेरैले संविधानसभा अध्यक्षको जिम्मेवारी सम्हालेका सुवासचन्द्र नेम्बाङ नै नयाँ सभामुख हुने अड्कल काटेका छन्। प्रधानमन्त्री ओलीनिकट रहेका नेम्बाङले आफूलाई सभामुखका विषयमा नबोल्न आदेश रहेको बताउँदै आएका छन्।आजको नागरिक दैनिकमा समाचार छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार