महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसको आन्तरिक विवाद झन् चर्किंदै गएको छ।सभापति शेरबहादुर देउवा पक्षले विधान र संविधानको व्यवस्थामा टेकेर आफ्नो कार्यकाल डेढ वर्ष लम्ब्याउन चाहेको देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले तत्काल १४औं महाधिवेशनको कार्यतालिका ल्याउन ताकेता गरिरहेको छ।
महाधिवेशनको एजेन्डा नल्याएको भन्दै बिहीबार बसेको केन्द्रीय समिति बैठक बहिष्कार गरेको पौडेल समूहले आज आइतबार आह्वान गरेको बैठक पनि बहिष्कार गर्ने बताएको छ।
केन्द्रीय बैठक नै बहिष्कार गरेर विरोध गर्न थालेपछि सभापति देउवा विवाद मिलाउन शनिबार पौडेल निवास बोहोराटार पुग्नुभएको थियो। उक्त छलफलमा पौडेलले १४औं महाधिवेशनको कार्यतालिका बैठकको एजेन्डा बनाउनुपर्ने माग राख्नुभएको थियो।आजको नेपाल समाचार पत्रमा समाचार छ ।