मंगलबार, भाद्र २ गते २०८३
images

४:३० मा मौद्रिक नीति सार्वजनिक हुने


  • 2.4K
    SHARES
  • श्रावण २९, २०७८ शुक्रबार

    नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले शुक्रबार अपरान्ह ४:३० बजे चालु आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो। आज बिहान राष्ट्र बैंकको संचालक समितिको बैठकले मौद्रिक नीति पारित गरिसकेको छ ।  

    सरकार परिवर्तन भएको र नयाँ सरकारले बजेट परिवर्तन गर्ने तथा सरकारको प्राथमिकता परिवर्तन हुने भएकोले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएको थियो । तर सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको र बजेट प्रतिस्थापन विधयेक तयार पारिसकेकोले राष्ट्र बैंकले सोहि अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

    मौद्रिक नीति आउँन ढिलाई हुने भएकोले राष्ट्र बैंकले यस अघि नै बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्न र साधारणसभा गर्नको लागि सर्कुलर मार्फत बाटो खुला गरिदिईसकेको छ । 

    आगामी मौद्रिक नीति व्यवसायीलाई र अन्य कोरोना प्रभावितलाई राहत गरि ल्याउने राष्ट्र बैंकको तयारी छ। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पुँजीबजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। NRB.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार