शुक्रबार, कार्तिक २१ गते २०८३
images

के हो पिनास ? यो कसरी हुन्छ ( उपचार बिधिसहित )

  • 13.6K
    SHARES
  • पौष ३, २०७६ बिहीबार

    खासगरी  पिनास भनेको  नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने एक प्रकारको  रोग हो । टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ । फ्रन्टल साइनस (निधारमा), म्याक्जिलरी साइनस (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस (आँखाहरुको बीचमा), र स्फेनोइडल साइनस ( इथमोइडल साइनसको भित्रपट्टि) चार प्रकारका साइनस रहेका हुन्छन्।

    यसलाई पारानेजल साइनसेस पनि भनिन्छ । साइनसमा पातलो झिल्लीको तह हुन्छ । रूघा खोकी लागेर एलर्जी हुँदा साइनसमा सिगान भरिन्छ र सुन्निन्छ । धुवाँ, धुलो, नाकमा हुने संक्रमण, विभिन्न एलर्जीहरू, नाकभित्रको हड्डी बांगिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु साइनसको निकास माध्यम अवरुद्ध हुँदा सिगान निस्कने बाटो बन्द भएर ब्याक्टेरिया एवं भाइरसको संक्रमणबाट पिनास हुन्छ । रुघाखोकी लाग्दा पनि पिनास हुन्छ ।

    पिनासका लक्षण

    यसका लक्षणहरु भनेको  नाक बन्द हुने,टाउको दुख्ने,आँखाको अगाडि र तलको भाग दुख्ने ,नाकको छेउछाउमा पनी दुख्ने,बिहानको समयमा टाउको बढी दुख्ने,सुँघ्ने शक्ति कमजोर हुने,नाकबाट सास फेर्न समेत नमिल्ने,कहिलेकाँही नाकबाट रगत मिसिएको सिँगान समेत बग्ने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने रहेको छ  । नाक, श्वासप्रश्वासको नलि, साइनसहरु, घाँटीलगायत एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने पनि गर्छ ।

    पिनासको कारण

    साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु, हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो । साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्छ  । नाकको भित्री भागमा मासु पलाउने पोलिप, ट्युमर आदि । रुघाको औषधीहरुको बढी प्रयोग,सुख्खा मौसममा हुने सुख्खा हावा आदि । भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा पनि पिनास हुन्छ  ।

    के खाने के नखाने ?

    पिनास हुँदा  चिल्लो र चिसो, दही, दुध, तामा, फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला, बकुल्ला र तोरीको साग माछा, मासु , अण्डा, मासको दाल खानु हुँदैन । नाथ्रो फुट्ने ब्यक्तिले बढी तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा, दालचिनी खानु हुँदैन ।यसबाहेक रोगीको लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिएर मात्र  गर्नु पर्छ ।

    पिनास हुँदा पानी जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खानुपर्छ । तातो पानीमा अदुवा-पिप्ला मिश्रीत गरी पिउन पर्छ  । हल्का तातो पानीमा तुलसीको पात, अदुवा र मह मिश्रीत गरि चिया बनाई खानुपर्छ । कागती पानीको सर्वत पनि खान सकिन्छ । चिकित्सकको  सल्लाह अनुरुप सादा तथा बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खानाहरु खान सकिन्छ ।

    पिनासको उपचार  

    पिनासका बिरामीले चिकित्सकसँग परामर्स लिएर घरेलु पद्धती अपनाउनु वा औषधी सेवन गर्नु पर्छ । पिनास प्राय गरेर लक्षणहरु र डाक्टरले गर्ने जाँचको आधारमा नै पत्ता लाग्छ । कहिलेकाँही विभिन्न प्रकारले टाउको दुख्ने रोगहरु क्लस्टर टाउको दुखाई, माइग्रेन, दाँतको समस्याहरु, आँखाको समस्याहरु आदिसँग यसका लक्षण मिल्ने खालका हुन्छन् । साथै क्रोनिक पिनासमा लामो समयसम्म ठिक नभएको भन्ने कारण थाहा पाउन जरुरी हुन्छ ।पिनास लामो समयसम्म रह्यो भने विभिन्न अप्ठेरोपन र शारीरिक समस्या देखापर्छ ।

    नियमित रुपमा स्वास्थ्यको ख्याल नगर्ने, बारम्बार एलर्जीको समस्या बेहोरिईरहने लगायतलाई पिनासको समस्या देखिन्छ । नाकको संरचनामा समस्या भएको, बारम्बार रुघा लागिरहने मानिसलाई पनि समस्या हुन्छ । सास फेर्न गाह्रो हुनेगरी नाकमा मासु पलाएको व्यक्ति पनि बारम्बार पिनासबाट पीडित हुने सम्भावना रहन्छ ।

    अवस्था हेरेर पिनासको उपचार प्रक्रिया पनि फरक फरक हुन्छ । ‘एक्यूट साईनोसाईटिस’ भनिने सामान्य खालको पिनास विना उपचार नै निको हुनसक्छ । त्यसका लाग एन्टिबायोटिक पनि जरुरी पर्दैन । दुई हप्तासम्म पिनास भएमा र त्यसपछि निरन्तर समस्या देखिए पेनकिलर, तातो पानीको बाफ दिने लगायतका काम गरेर निको पार्न सकिन्छ । तुरुन्त एन्टीबायोटिक दिनुपर्छ भन्ने छैन । तर डाक्टरकोमा आएपछि एन्टीबायोटिक दिने चलन छ । औषधिले, चिसोबाट जोगिने प्रयास र शरीरलाई तातो राख्ने उपायले सामान्य पिनास निको पार्न सकिन्छ ।

    पिनासले जटिल रुप धारण गरेको छ भने औषधिले निको पार्न सकिन्छ । सुईबाट पानी फ्याँकेर पनि नाकको भित्री भाग सफा गर्न सकिन्छ । कतिपय अवस्थामा बिरामीलाई ‘सर्जिकल इन्टरभेन्सन’ गर्नपर्ने हुन्छ । नाकभित्रको मासुको म्यूकोजा मोटो भएको विरामीलाई पनि सर्जिकल उपचार आवश्यक हुन्छ र अपरेशन-इण्डोस्कोपिक साईनो सर्जरी गर्नुपर्ने हुन्छ । पछिल्लो समय ‘फङसनल इण्डोस्कोपिक साईनोसर्जरी (फेस) र बेलुन साईनोप्लाष्टि  प्रचलनमा आएको छ  । पिनास जुनसुकै उमेर, लिंगका मानिसलाई पनि हुनसक्छ । तर बालबालिकामा पिनास भए छिटो जटिलता हुने खतरा रहन्छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार