चीनबाट शुरु भएको कोरोना अहिले विश्वभर फैलिरहेको छ भने कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नै आत्तिएको छ। उसले यो संक्रमणले विश्वको अवस्था के हुने हो अनुमानै गर्न गाह्रो भएको बताएको हो।
यहि अबस्थमा यो भाइरस इटालीमा समेत फैलिएको छ । चीनबाट फैलिएको कोरोना भाइरसबारे विवादास्पद अभिव्यक्ति दिएका कारण इटालीका एक नेताले माफी समेत मागेका छन् । इटालीका प्रांत वेनेटोका गवर्नर लुका जाइया ले एक टी.भी.मा कोरोना भाइरस फैलनुमा चीनको संकृति जिम्मेवार रहेको बताएका थिए भने उनले उनीहरुको खानपान ठिक नभएको बताएका थिए । उनले चिनियाहरुले जिउंदै जुकासमेत हात नधोई खाने हुँदा यो भाइरस सरेको बताएका थिए ।
उनले भनेका छन् , हाम्रो संकृतिमा नुहाउनु र हात मुख धुनु अनिवार्य छ जो चीनमा छैन ? त्यहि कारण आज पुरै चीन कोरोना भाइरससंग लडिरहेको छ । मैले जिउँदो जुका चिनियाहरुले खाएको खुद देखेको छु ,उनले भनेका छन् । चिनिया कुकुर देखि बिभिन्न असामान्य बस्तु खाने गर्दछन उनले भनेका छन् ।
उनको यो अभिव्यक्तिप्रति चीन दूतावासले कडा जवाफ फेसबुक पोस्ट मार्फत दिएको छ र भनेको छ , चीन र इटाली यो महामारीबाट बच्नको लागि पुरै शक्ति लगाएर सामना गरिरहेको अवस्थामा एक नेता भने चीनको बद्नाम गर्न लागि परेकोमा स्तब्ध छ र यो हमलाप्रति खेद व्यक्त गर्दछ भनेको छ ।