काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा र पहाडी भूभागमा हिमपात भइरहेको छ । आज पनि पहाडी भागमा पानी पर्नेछ । पश्चिमी वायुको प्रभाव हिजो मौसम पूर्ण रुपमा बदली भई तराईका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
पर्सी आइतबारसम्म मौसम खराब रहने र आइतबार दिउँसोबाट सुधार हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम स्तरको हिमपात भइरहेकाले भोलि पनि यस्तै स्थिति हुने र पर्सी देखि बिस्तारै मौसम सुधार आउने सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिए ।