चीन र दक्षिण कोरियालगायत कोरोना प्रभावित देशबाट नेपालमा निर्बाध उडान आवतजावत गरिरहेका छन् । अहिले पनि दिनमा ४४ उडानबाट तीन हजार यात्रु आइरहेका छन् भने करिब दुई हजार यात्रु बाहिर गइरहेका छन् । बाहिरबाट आउनेमा विदेशी पर्यटक थोरै र नेपाली धेरै छन् । शुक्रबार नेपाल आएकामध्ये सात सय विदेशी हुन् । विदेशीमध्ये पनि तीन सय भारतीय हुन् । त्यस्तै, शनिबार तीन सय भारतीयसहित चार सय ५० विदेशी नेपाल आएका छन् । चीन, दक्षिण कोरिया, भारत, हङकङ, ओमान, मलेसिया, थाइल्यान्ड, जापान, साउदी अरब, कतार, युएईदेखि टर्कीबाट विमान आवतजावत गरिरहेका छन् ।
शनिबार मात्रै चीनको कुन्मिङबाट चाइना इस्टर्न तथा गोन्जाउबाट चाइना साउदर्न, हङकङबाट नेपाल एयरलाइन्स, सोलबाट कोरियन एयरलाइन्स, जापानको ओसाकाबाट नेपाल एयरलाइन्स, सिंगापुरबाट सिल्क एयर, बैंककबाट थाई एयर, क्वालालम्पुरबाट मालिन्दो तथा मलेसिया एयरलाइन्स, दोहाबाट कतार एयर, सारजाहबाट एयर अरेबिया, दुबईबाट फ्लाई दुबई, आबुधाबीबाट इत्तिहाद, मस्कटबाट ओमान एयर, कुवेतबाट जजिरा एयर, इस्तानबुलबाट टर्किस एयरलाइन्सले काठमाडौं उडान गरेका थिए ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।