मंगलबार, भाद्र २ गते २०८३
images

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखाको शुभारम्भ

  • 3.6K
    SHARES
  • पौष ४, २०७५ बुधबार

    माछापुच्छ्रे  बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले मिति २०७५ साल मंसिर २१ गते मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिका स्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ । हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक श्री जय मुकुन्द खनाल ज्यू र हेटौंडा उप–महानगरपालिकाका मेयर श्री हरि बहादुर महत ज्यूले संयुक्त रुपले गर्नुभयो ।

    त्यसै गरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक श्री राममान श्रेष्ठ ज्यू र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ ज्यूले संयुक्त रुपले गर्नुभयो र कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक श्री गोपीकृष्ण न्यौपाने ज्यू र कालिका नगरपालिकाका मेयर श्री खुम नारायण श्रेष्ठ ज्यूले संयुक्त रुपले गर्नुभयो । 
    नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

    यस बैकले २०७५ साल आश्विन मसान्तसम्म रु ७७ अर्व निक्षेप परिचालन गरी रु. ७१ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ३७ करोड खुद मुनाफा गरेको छ ।
    बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार