सोमबार, भाद्र १ गते २०८३
images

जनकपुर जयनगर रेल सञ्चालनको प्रक्रिया अन्तिम चरणमा

  • 5.1K
    SHARES
  • माघ २९, २०७५ मंगलबार

    काठमाडौं । जनकपुर–जयनगररेल सञ्चालनका लागि सरकारले खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । गएको पुस २९ गते रेल खरिद गर्ने निर्णय गरेसँगै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले रेल सञ्चालनका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो ।

    जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मका लागि दुई वटा रेलको इन्जिनसहित पाँचदेखि १० वटा डिब्बा खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव मधुसुधन अधिकारीले  बताए । पहिलो चरणमा ३५ किलोमिटर रेलमार्गमा रेल चलाउने सरकारको तयारी छ । रेलमार्गमा एक चरणको परीक्षण सम्पन्न भइसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार