मंगलबार, भाद्र २ गते २०८३
images

अख्तियारका आयुक्त पाठकविरुद्ध महाअभियोग लगाउने तयारी

  • 4.2K
    SHARES
  • फाल्गुण ३, २०७५ शुक्रबार

    काठमाडौं । घुस लिएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त राजनारायण पाठकविरुद्ध सत्तारुढ दलले महाअभियोग लगाउने तयरी गरको छ । उनीविरुद्ध सत्तारुढ दलका सांसदहरूले महाअभियोग दर्ता गराउन हस्ताक्षर संकलन सुरू गरेका छन् ।

    भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवाद सल्टाउने शर्तमा आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस बुझेको भिडियो हेरेका सत्तारुढ दल नेकपाका शीर्ष नेता र सांसदहरुले महाअभियोग लगाउने तयारी गरेको हो ।

    पाठकले राजीनामा दिए पनि उनीविरुद्ध महाभियोग लगाउने सत्तारुढ दलका एक नेताले बताए । उनका अनुसार महाअभियोग लगाउनका लागि हस्ताक्षर संकलन सुरु भइसकेको छ ।

    सत्तारुढ दलका नेता देव गुरुङले गल्ती स्वीकार गरी आयुक्त पाठकले राजीनामा दिनु पर्ने बताए । ‘सत्यतथ्य सार्वजनिक भइसकेको छ,’ उनले भने, ‘अटेर गरे बाटो त्यही (महाभियोग) हो ।’

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार