मंगलबार, भाद्र २ गते २०८३
images

महाअभियोगको तयारी हुँदै गर्दा अख्तियार आयुक्त पाठकले दिए राजीनामा

  • 5.4K
    SHARES
  • फाल्गुण ३, २०७५ शुक्रबार

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । राष्ट्रपति कार्यलय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पाठकले राजीनामापत्र बुझाएको राष्ट्रपति कार्यलयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।

    नेपाल इञ्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुसबापतको रकम लिएको समाचार सार्वजनिक भएसँगै आयुक्त पाठकविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा  महाअभियोग लगाउनेबारे छलफल भएको थियो ।

    आजको प्रतिनिधिसभा बैठकमा महाअभियोग दर्ता गर्ने तयारी भएसँगै पाठकले त्यसअघि नै पदबाट राजीनामा दिएका हुन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला अध्यक्ष रहेको संवैधानिक परिषदले २०७१ सालको फागुनमा पाठकलाई आयुक्तमा नियुक्त गरेको थियो ।

    अख्तियारमै परेको उजुरी मिलाइदिने भन्दै पाठकले फरक–फरक व्यक्तिबाट ७८ लाख रुपैयाँ लिएको खबर सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार