नेकपा एमाले लुम्विनी प्रदेश कमिटीले पार्टी एकताका लागी गरीएको १० बुदे सहमतिलाई कार्यान्वयनका लागी सांगठनिक संरचनामा ब्यापक फेरवदल गरेको छ । भाद्र २२ र २३ गतेको बुटवलमा सम्पन्न प्रदेश कमिटीको बैठकवाट प्रदेश तथा जिल्लाका लागी नेतृत्व पनि चयन गरेको छ । नेकपा एमालेका लुम्विनी प्रदेश ईन्चार्ज शंखर पोख्रेलले लुम्विनी प्रदेश तथा लुम्विनीका १२ वटै जिल्लामा कार्यान्वयनमा लैजानका लागी सर्वसम्मत निर्णय गरेको वताउनु भएको छ । सो अनुसार प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी उपाध्यक्षमा खेममान खड्का सचिवमा भुमिश्वर ढकालर उप–सचिवमा दुर्गा थारुलाई चयन गरिएको वताउनु भयो । विगतमा रहेका नेकपा कालिन कार्यलय सचिव रहेका वलराम अधिकारीलाई भने यथावत नै राखिएको छ । १० बुदे सहमति कार्यान्वयनका लागी जिल्ला भरि नेताहरुलाई नेतृत्वको जिम्मेवारी पनि ताकिएको वताउनु भयो ।