मंगलबार, भाद्र २ गते २०८३
images

बंगलादेशविरुद्ध नेपाल २-१ ले विजयी


  • 3.5K
    SHARES
  • भाद्र २४, २०७८ बिहीबार

     

    काठमाडौं, २४ भदौ

    पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    नेपालको लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे । बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गरिन् । 

    खेलको १४ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन् । सविताले  राइट विंगर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउँदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् । 

    खेलको २४ मिनेटमा १६ वर्षकी खेलाडी प्रीति राईले डेब्यु गोल गरेकी हुन् । प्रीतिले  मिडफिल्डर सरु लिम्बूको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् । उनको गोलसँगै नेपाल पहिलो हाफमा २-० को अग्रता बनायो । 

    बंगलादेशकि तोहुरा खातुनले सान्त्वना गोल गरिन । खातुनले ८१ मिनेटमा  गरेको प्रहार नेपाली डिफेण्डर अमृता जैसीलाई छुदै गोल भएको थियो । 

    नेपाल र बंगलादेश दुवैले एएफसी महिला एसिया कप छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल खेलेका हुन् । दोस्रो खेल शुक्रबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार