बुधबार, भाद्र ३ गते २०८३
images

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, ७ कात्तिकमा साधारणसभा


  • 3.2K
    SHARES
  • भाद्र २५, २०७८ शुक्रबार

    काठमाडौं, २५ भदौ

    सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    गत वर्ष सानिमाले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, बैठकले लाभांश पारित गर्न आगामी ७ कात्तिकमा कम्पनीको १०औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । हाइड्रोपावरले घोषणा गरेको उक्त लाभांश साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्तालाई वितरण गरिनेछ । 

    लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले १८ असोजमा एकदिनका लागि बुकक्लोज गर्ने जनाएको छ । १७ असोजम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार