मंगलबार, भाद्र २ गते २०८३
images

कोठे बैठकमै सीमित एमाले मुख्यालय


  • 1.0K
    SHARES
  • भाद्र २८, २०७८ सोमबार

    काठमाडौं, २८ भदौ 

    धुम्वाराहीबाट थापाथली सारिएको एमाले केन्द्रीय कार्यालय जनवर्गीय संगठनको कोठे बैठक बस्नेमै सीमित भएको छ ।  गत नौ वैशाखमा थापाथलीमा सरेको केन्द्रीय कार्यालयको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्दै पार्टीका सबै गतिविधि केन्द्रीय कार्यालयबाटै हुने बताएका थिए । 

    तर, उद्घाटनको ६ महिना पुग्नलाग्दासमेत सो कार्यालय भने केन्द्रीय नेताहरुको कार्यालय र पार्टीका जनवर्गीय संगठनले राख्ने कोठे बैठकमा मात्र सीमित छ । पार्टीभित्रको आन्तरिम असन्तुष्टि चरम भएका बेला धुम्बाराहीबाट कार्यालय सारिए पनि त्यसयता पार्टीका केन्द्रीय निकायको कुनै पनि गतिविधि सो कार्यालयबाट भएको छैन । 

    पार्टीको स्थायी कमिटीदेखि केन्द्रीय कमिटी हुँदै पार्टीका केन्द्रीय विभागहरूका बैठकसमेत ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानबाट हुँदै आएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ स्थान अभावका कारण थापाथलीको कार्यालयबाट पार्टीका गतिविधि गर्न नसकिएको बताउँछन् । 

    ‘बैठक बस्न कोठाहरु साना भए, त्यही भएर पार्टीका सामान्य नियमित काममात्र अहिले केन्द्रीय कार्यालयबाट भइरहेको छ’, तामाङले न्युज कारखानासँग भने । 

    उनले ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पर्याप्त ठाउँ भएकाले पार्टीले प्रतिष्ठानको हल र परिसर प्रयोग गरेको र त्यसवापत प्रतिष्ठानलाई आर्थिक सहयोग गरिरहेको उनको भनाइ छ । 
    उनले बल्खुमा पुनर्निर्माण हुन लागेको केन्द्रीय कार्यालय सम्पन्न भएसम्म पार्टीका ठूला गतिविधि, बैठक र सभा तुल्सीलाल स्मृति प्रतिष्ठानबाटै हुने बताए । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार