मंगलबार, भाद्र २ गते २०८३
images

५० लाख धरौटी बुझाएर थुनामुक्त भए शर्मा


  • 1.7K
    SHARES
  • आश्विन ११, २०७८ सोमबार

    कर छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन कर फर्स्याेट आयोगका सदस्यसचिव चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्न सोमबार आदेश दिएको हाे । इजलासको आदेशपछि शर्मा धरौटी रकम बुझाएर सोमबार नै थुनामुक्त भएका छन् ।

     

    कर फर्स्याेट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    उनीहरुले कर फर्स्याेट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पुर्‍याई बदनियतपूणर् काम गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।

    करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्स्याेट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई मनोमानी ढंगले कर छुट दिने गरी सम्झौता गरेको आरोप अख्तियारको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार