बुधबार, भाद्र ३ गते २०८३
images

नेपाल भारत फूटबलको भिडन्त जित कस्को पोल्टामा?


  • 1.9K
    SHARES
  • आश्विन ३०, २०७८ शनिबार

        साफ च्याम्पियनशिप अन्तर्गत नेपाल भारतको फुट्बलको फाईनल खेलआज शनिवार नेपाली समय अनुसार बेलुकी ८ बजेर ४५ मिनेटमा माल्दिभ्सको राष्ट्रिय रङगसालामा हुँदैछ्। कुनै पनि टिम फाईनल सम्म पुग्नको लागि उत्कृष्ट भएर नै हुन्छ। तर पनि ईतिहास हेर्ने हो भने नेपाल र भारतका दुबै टिम लाई आफ्नो पोल्टामा नतिजा पार्नलाई शहज भने देखिदैन। यो साफमा माल्दिभ्स सम्म पुगेर फाईनलको यात्रा तय गरेको नेपाल पनि कमजोर हुने त कुरै रहेन। आज सम्मको यात्राले देखाइ सकेको छ। नेपाली टोली पनि उत्साहित नै देखिन्छन। साफ अन्तर्गत सात पटक सम्म जितीहासिल गरीसकेको भारतलाई पनि पनि कमजोर आकलन गर्नु पक्कै पनि बुद्धीमानी हुँदैन।

     
         भारतले पनि नेपाल लाई कहिले पनि सजिलो र सहज ठानेको छैन। भारतिय कप्तान सुनिल छेत्रीले भने सकेका छन। गत महिना दशरथ रङगशलामा भएको नेपाल भारतको मैत्री खेलमा पनि देखिइ सकेको छ। पहिलो खेल १-१ को बराबरी र दोश्रो खेलमा नेपाल २-१ ले पराजित भएको थियो। नेपाली कप्तान अब्दुल्ला अल मुताइरीले कस्तो रणनिती लिन्छन भन्ने नेपाली खेल प्रेमी हरुको चासोको बिषय बनेको छ। नेपाली मिड फिल्डर अन्जन बिष्ट दुई पटक पहेलो कार्ड पाइ सकेका हुनाले खेलमा खेल्न पाउने छैनन। 
    नेपालले भारतलाई पहिलो पटक १९९३ मा बङलादेशको ढाकामा पहिलोपटक हराएको थियो। प्रशिक्षकको अल मुताइरी भने नेपालले जसरी भए पनि यो पटक जित सुनिस्चित गर्ने कुरामा विश्वास्त छन। जे होस् आजको खेल भीषण हुने पक्का नै छ। आशा गरौ आज फेरी नेपाली फुट्बल टिम ले ईतिहास रच्ने छ।  

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार