कुमारी बैंक लिमिटेडले 2078 कात्तिक १६ गते बिहान ११:३० बजे नक्साल स्थित आफ्नै कार्यालयमा एक्काइसौँ वार्षिक साधारण सभा डाकेको छ। उक्त साधारण सभामा सहभागी हुन नसक्नेहरुले जुम मार्फत पनि सहभागीता जनाउन सकिने ब्यवस्था बैंकले गरेको जनाएको छ्। साधारण सभाले गत आर्थिक बर्षको बितरण योग्य मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत र सोको कर प्रयोजन सहित २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै बैंकको लागि आवश्यक प्रबन्धपत्र तथा नियमावली संशोधन र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
बैंकले साधारण सभा प्रयोजनार्थ कात्तिक ८ गते बुकक्लोज गर्ने भएको छ। कात्तिक ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्ने छन तथा बैंकले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन्।