बुधबार, भाद्र ३ गते २०८३
images

कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने


  • 1.4K
    SHARES
  • पौष १३, २०७९ बुधबार

    कुमारी बैंक लिमिटेड र एनसीसी बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै बैंकबीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मङ्सिर २५ गते बसेको कुमारी बैंक लिमिटेड र एनसीसी बैंक को लिमिटेडको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । अब ‘कुमारी बैंक लिमिटेड’ का नामबाट कारोबार हुनेछ भने एन सि सि बैन्क को नाम नहुने भएको छ ।Ncc Kbl Marger Notice.jpg

    मर्जर पश्चात दुवै बैंकबीच शेयर अनुपात (सेयर भ्यालु ) एक बराबर एक हुनेछ । मर्जर पश्चात एकीकृत कारोबार पछि कुमारी र एनसीसी बैंकका सेयर सङ्ख्या सोही अनुसार हुने छ अर्थात कुनै परिवर्तन हुने छैन । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय कुमारी बैंकको केन्द्रीय कार्यालय टङ्गालमै रहनेछ । एकीकृत कारोबारका लागि डाटा एक्वायर गर्नका लागि पुस १५ र १६ गते दुवै बैंकका शाखाहरुमा बैंकिङ सेवा प्रभावित हुने सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार