विश्वकप टी-२० छनौटका लागि आज दोहामा तेस्रो सिरिजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको दिएर १६४ रन बनएको छ। नेपालका लागि टी-२० मा सर्वाधिक रनको कीर्तिमान बनाएकी सीताले ७२ बलमा ७ चौका हानिन भने नटआउटमा ८२ रन जोड्ना सफल भइन । ओपनर काजल श्रेष्ठले ७ रन, ज्योती पाण्डेले २४ रन र डोली भट्टले १२ रन जोडेका थिए। साथै सरिता मगरले ११ बलमा नटआउट हुँदै १७ रन जोडिन्। कतारका लागि अलीना खानले १९ रन र कप्तान आयसाले १३ रनको योगदान गरेका थिअ। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा नेपालका सबनम राई, सरस्वती चौधरी र कप्तान रुबिना क्षेत्रीले १-१ विकेट लिए । कतारका ४ ब्याटरलाई नेपालली टिमले रनआउट गरेको थियो। १६५ रनको लक्ष्य पाएको कतारले २० ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्र जम्मा गर्न सफल भयो । विश्वकप छनौट यही आउदो सोमबारबाट यूएईमा हुँदैछ। नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। यि मध्येबाट एक टिम विश्वकपमा छनौट भई खेल्न पाउनेछन।